सिरहा । सिरहाको गोलबजारमा कर्फ्यु आदेश जारी गरेको छ । जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिए पछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार अर्को सूचना नभएसम्मका लागि कर्फ्यु लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको जनाएको छ । कर्फ्यु २०८३ साउन १४ गते दिउँसो २:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि लागू रहने छ ।
जस अनुसार पूर्व-पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चौकसम्म लागू गरिएको छ ।
यस्तै उत्तरतर्फ गोलबजार वडा नम्बर ६ स्थित सैनिक चौकदेखि दक्षिणतर्फ गोलबजार वडा नम्बर ४ को राप्रराप्र बहुमुखी क्याम्पस वरपरको क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।




