वीरगन्ज । पर्सामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार साँझ ५ बजेदेखि निषेधाज्ञा लागु गरेको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालले सूचना जारी गर्दै वीरगन्ज महानगरमा लगाइएको निषेधाज्ञा बारे जानकारी गराएका हुन् ।
पूर्वमा प्रतिमाचोक, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक नहर र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा लागु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।




