सर्लाही । सर्लाहीको बागमती नगरपालिका ८ कल्याणपुर टोलमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय राजकुमार महतोको घरमा शिवचर्चा पूजा भइरहेको बेला माइकबाट हातमा करेन्ट लाग्दा ६५ वर्षीया मानकी देवीको मृत्यु भएको हो ।
करेन्ट लागेर अचेत भएकी मानकी देवीलाई उपचारका लागि नगर अस्पताल बरहथवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।
मानकी देवीसँगै शिवचर्चा पूजामा संलग्न अन्य मानिस भने सकुशल नै रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।




