कैलाली । नेपाली सेनामा भर्ना गराइदिने भन्दै रकम असुली गरी ठगी गरेको आरोपमा प्रहरीले कञ्चनपुरका एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका ८ का ३५ वर्षीय हरिश चन्द रहेका छन् ।
प्रहरीका अनुसार चन्दले नेपाली सेनामा भर्ती गराइदिने भन्दै पीडितबाट २ लाख ४० हजार रुपैयाँ लिएको उजुरी परेको थियो । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चन्दविरुद्ध जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






