धनुषा । धनुषाको विदेह नगरपालिका १० बाट प्रहरीले ३९.३६० ग्राम खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही क्षेत्रका २८ वर्षीय उमेश मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी सहायक हवल्दार विकास अधिकारीको कमान्डमा खटिएको टोलीले पैदल हिँडिरहेका मण्डललाई शंका लागेपछि चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उनको साथबाट ३९.३६० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका मण्डलमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






