धनुषा । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार महोत्तरीको एकडारा गाउँपालिका १ बस्ने २३ वर्षीया पुनिताकुमारी महतोको करेन्ट लागेर मृत्यु भएको हो ।
भिनाजु सन्देश महतोको घर जनकपुर उपमहानगरपालिका १८ तेतरिया आएका बेला आइतबार बिहान ११ बजेतिर पानीको मोटरको स्विच थिच्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएको थियो । चिकित्सकहरूले जाँचका क्रममा मध्यान्ह १२ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव अहिले अस्पतालमै राखिएको छ ।






