सिराहा । लहान नगरपालिका १० लक्ष्मीनिया मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने मिर्चैया नगरपालिका ११ सोनी टोल घर भएका २४ वर्षीय प्रदिप चौधरी र सप्तरी बोदेबरसाईन नगरपालिका ५ भाती घर भएका २५ वर्षीय दिगम्बर पण्डित रहेका छन् ।
प्रहरी चौकी लहानबाट खटिएको प्रहरीले प्रदिपको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्र ०२-०१-००१ प ८११२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






