सिराहा । सिराहाको धनगढीमाई नगरपालिका ९ मुसहर्नियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५४ किलोग्रामसहित औरही गाउँपालिका ४ कमलपुर बस्ने २८ वर्षीय विक्रम यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले नैनपुरबाट मुसहर्नियातर्फ आउँदै गरेको प्रदेश २-०१-००४ प ८३६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






