पर्सा । वीरगंज महानगरपालिका १५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८१ ग्राम ३७ मिलिग्रामसहित जगरनाथपुर गाउँपालिका ६ बहुअरी प्रसौनी बस्ने ३९ वर्षीय अजय प्रसाद यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा १८ च ९००३ नम्बरको कार समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






