रौतहट । रौतहट क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा हजारी साह तेली मृत फेला परेका छन् । राजपुर नगरपालिका ५ निवासी ८८ वर्षीय साह बुधबार बिहान आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार घटनाबारे बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय राजपुरमा जानकारी प्राप्त भएको थियो । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।
साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




