रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) को जिम्मेवारी हेमराज फुयाँलले सम्हालेका छन् । फुयाँललाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिनेश सागर भुषालले बुधबार जिल्ला प्रशासन कार्यालयमा स्वागत गर्दै हाजिर गराएका हुन् ।
यसअघि सहायक सिडिओको जिम्मेवारीमा रहेका जितेन्द्र कुमार यादवको सरुवा भएपछि उनको स्थानमा फुयाँल रौतहट आएका हुन् । फुयाँललाई स्वागत तथा पदभार ग्रहण गराउने क्रममा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
नयाँ सहायक सिडिओ फुयाँलले कार्यालयको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै नागरिकमैत्री प्रशासन सञ्चालनमा आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।




