रौतहट । रौतहटको गुजरा नगरपालिका ३ स्थित पश्चिम नहर सडकखण्डबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । शुक्रबार बिहान गस्तीमा खटिएको प्रहरी टोलीले सडक छेउमा बेवारिसे अवस्थामा रहेको बन्दुक फेला पारेपछि बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार बरामद भएको बन्दुक कसले र किन त्यहाँ छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।




