पर्सा । टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको दुधौरा–पिलुवा सडकखण्डमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका १६ पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चौरेललाई तत्काल उद्धार गरी वीरगञ्जस्थित बयोधा मेडिसिटी अस्पताल पु¥याइएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मिनबहादुर घलेले जानकारी दिए ।
प्रहरीका अनुसार पिलुवाबाट पथलैयातर्फ आउँदै गरेका चौरेलले चलाएको प्र २–०३–०२२ प ९६४५ नम्बरको मोटरसाइकललाई बैजुरा पुलमा निजगढतर्फ जाँदै गरेको ना १ अ यु १३४ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपर र चालकलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए ।




