मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज विद्युतीय सामाग्रीको खरिद बिक्री तथा प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोस् । नयाँ कुरा सिक्ने र ज्ञान बढाउने अवसर मिल्नेछ । दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय विशेष फलदायी रहनेछ । तामाको कलश सफा गरी दर्शन गरेर दिनको सुरुवात गर्नु शुभ हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ । आम्दानीको स्रोत विस्तार हुने सम्भावना छ । कारोबारका क्रममा सामान्य झमेला आउन सक्छ । समग्रमा मन प्रसन्न रहनेछ । गाईलाई गुलियो खानेकुरा खुवाएर दिनको सुरुवात गर्नु शुभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज यात्राको अवसर प्राप्त हुन सक्छ । धार्मिक तथा आध्यात्मिक कार्यप्रति रुचि बढ्नेछ । बिहान १२ बजेसम्मको समय अनुकूल रहनेछ । आकस्मिक रूपमा धन लाभ हुने सम्भावना छ । पुस्तक दान गरेर दिनको सुरुवात गर्नु शुभ मानिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले खानपान र आराममा ध्यान दिनुहोस् । कार्य क्षेत्रमा भने सफलता प्राप्त हुनेछ । सन्तानबाट सुख मिल्नेछ । कृषि तथा पशुपालनबाट लाभ प्राप्त हुन सक्छ । चाँदीको गहना धारण गर्नु शुभ रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुराना मित्रसँग भेटघाट हुने अवसर मिल्न सक्छ । दिउँसो १ बजेदेखि २ बजेसम्म शुभ कार्य नगर्नु राम्रो हुनेछ । दाम्पत्य जीवन सुखद रहनेछ । उदाउँदो सूर्यलाई अर्घ्य दिएर दिनको सुरुवात गर्नु शुभ फलदायी हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म तथा आध्यात्मिक विषयप्रति आस्था बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुने योग छ । साँझपख घरायसी समस्याले केही निराशा उत्पन्न गर्न सक्छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोस् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाम्पत्य जीवनमा सामान्य विवाद बढ्न सक्छ । कार्य क्षेत्रबाट भने लाभ प्राप्त हुनेछ । धनसम्बन्धी केही क्षति हुनसक्ने भएकाले आर्थिक कारोबारमा सावधानी अपनाउनुहोस् । घमण्ड तथा आवेग बढ्न सक्ने भएकाले बोलीमा संयम राख्नु आवश्यक छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज नेतृत्व गर्ने अवसर प्राप्त हुन सक्छ । समग्र दिन शुभ रहनेछ । नयाँ काम सुरु गर्न वा आगामी योजनाको तयारी गर्न अनुकूल समय छ । साझेदारीमा गरिएको कामबाट लाभ प्राप्त हुने सम्भावना छ । हरियो वस्तुको प्रयोग गर्नु शुभ मानिन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पारिवारिक विषयमा सामान्य झमेला बढ्न सक्छ । यसका कारण मन केही उदास रहन सक्छ । गीत सङ्गीत तथा साहित्यप्रति रुचि बढ्नेछ । पितृहरूको सेवा गर्ने अवसर प्राप्त हुन सक्छ । हनुमान चालीसा पाठ गरेर दिनको सुरुवात गर्नु शुभ हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा, गि)
मानसिक तनाव बढ्न सक्ने भएकाले अनावश्यक चिन्ता नगर्नुहोस् । साँझपखको समय भने विशेष अनुकूल रहनेछ । आफन्तबाट लाभ वा सहयोग प्राप्त हुन सक्छ । कामका क्रममा केही झन्झट आउन सक्छ । आदित्य हृदय स्तोत्र पाठ गरेर दिनको सुरुवात गर्नु शुभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
व्यापार तथा नोकरीमा प्रगति हुने सम्भावना छ । प्रेम सम्बन्धमा निकटता बढ्नेछ । परिवारमा भने वैचारिक मतभेद हुन सक्छ । गुड वा सखर दान गरेर दिनको सुरुवात गर्नु शुभ हुनेछ । रातो वस्तुको प्रयोग नगर्नु राम्रो मानिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज मन शान्त र स्थिर रहनेछ । आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यवसायमा सफलता प्राप्त हुने सम्भावना छ । ब्राह्मण वा कन्यालाई भोजन गराएर दिनको सुरुवात गर्नु शुभ फलदायी मानिन्छ ।




