पर्सा । जबरजस्ती करणी मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका ४ तुलसी बर्वा निवासी ३५ वर्षीय ‘राजवा’ भनिने अखिलेश साह तेली रहेका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भिष्वा बञ्जारीबाट खटिएको टोलीले उनलाई भदौ २० गते दिउँसो उनकै घरबाट नियन्त्रणमा लिएको हो । जबरजस्ती करणी सम्बन्धी मुद्दामा अदालतले १० वर्ष कैद सजायको फैसला गरेपछि उनी फरार रहँदै आएका थिए ।
पक्राउ परेका तेलीलाई कैद भुक्तान तथा आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।




