बारा । जीतपुर सिमरा उपमहानगरपालिका २१ बाट प्रहरीले १८ हजार ३०० ट्याब्लेट नियन्त्रित लागूऔषध ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका १६ बस्ने १९ वर्षीय आन्नद चौरसिया रहेका छन् ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७६२३ नम्बरको बसमा सवार चौरसियालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




