मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ योजना बनाउने र त्यसलाई कार्यान्वयनतर्फ अघि बढाउने अनुकूल समय छ । लामो समयदेखि रोकिएका कामले गति लिन सक्छन् । आर्थिक अवस्थामा क्रमिक सुधार आउनेछ भने आफन्त तथा साथीभाइको साथ मिल्नेछ । बिहान सूर्यदेवलाई जल अर्पण गरेर दिनको सुरुवात गर्नु लाभदायी हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यापार तथा व्यवसायमा अपेक्षित लाभ हासिल हुन सक्छ । प्रभावशाली व्यक्तिसँगको भेटले नयाँ अवसरको ढोका खोल्नेछ । तपाईंको बोली र व्यवहारले अरूलाई प्रभावित पार्नेछ । घर परिवारमा खुसीको वातावरण रहनेछ । आज असहाय तथा आवश्यकतामा रहेका व्यक्तिलाई भोजन गराउनु शुभ मानिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनमा नयाँ सोच र विचारहरू उत्पन्न हुनेछन् । आएका योजनालाई व्यवहारमा उतार्ने अवसर समेत मिल्नेछ । अध्ययन, लेखन तथा बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । अनावश्यक खर्च बढ्न नदिन सचेत रहनु राम्रो हुनेछ । गणेशजीको स्मरण गर्दै दिनको सुरुवात गर्नु सकारात्मक रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारका सदस्यबाट आवश्यक सहयोग र हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा नयाँ सम्भावना देखापर्नेछ । विगतका तनाव तथा चिन्ता क्रमश: कम हुँदै जानेछन् । आफूलाई आवश्यक परेको वस्तु खरिद गर्ने अवसर पनि मिल्न सक्छ । साँझ चन्द्रमालाई शुद्ध जल अर्पण गर्नु शुभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तपाईंको आत्मविश्वास र सक्रियता बढ्नेछ । सामाजिक प्रतिष्ठा तथा मान सम्मानमा वृद्धि हुने सम्भावना छ । नयाँ जिम्मेवारी पाउन सकिनेछ भने सिर्जनात्मक काममा राम्रो सफलता मिल्नेछ । प्रभावशाली व्यक्तिबाट प्रशंसा प्राप्त हुने योग छ । दिनको सुरुवात बुबाको आशीर्वाद लिएर गर्नु शुभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक लेनदेन गर्दा विशेष सावधानी अपनाउनु आवश्यक छ । व्यापारमा सामान्य लाभ भएपनि कार्य क्षेत्रमा जिम्मेवारी र कामको बोझ बढ्न सक्छ । यात्राका क्रममा सामान्य झन्झट आउन सक्ने भएकाले तयारी गरेर हिँड्नुहोला । व्यक्तिगत सरसफाइ तथा स्वास्थ्यप्रति ध्यान दिनु उचित हुनेछ । आज हरियो मुङ दान गर्नु शुभ फलदायी मानिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ व्यक्तिसँग चिनजान हुने र सामाजिक सम्बन्ध विस्तार हुने सम्भावना छ । साथीभाइ तथा सहकर्मीबाट महत्वपूर्ण सहयोग मिल्नेछ । प्रेम र दाम्पत्य जीवनमा आपसी समझदारी तथा आत्मीयता बढ्नेछ । आर्थिक लाभका नयाँ बाटा खुल्न सक्छन् । सुगन्धित वस्तुको प्रयोगले सकारात्मक ऊर्जा बढाउने विश्वास गरिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तपाईंको आत्मबल र पराक्रम बढ्नेछ । थालेका कामहरू विस्तारै सफलतापूर्वक सम्पन्न हुँदै जानेछन् । फोन, सञ्चार वा सम्पर्कका माध्यमबाट महत्वपूर्ण खबर प्राप्त हुन सक्छ । परिवारमा सुखद वातावरण रहनेछ । हनुमानजीको स्मरण गरी दिनको सुरुवात गर्नु शुभ रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम सम्पन्न गर्न केही समय बढी लाग्न सक्छ । पारिवारिक जिम्मेवारी थपिने भएकाले व्यस्तता बढ्नेछ । सानातिना कुरामा अनावश्यक तनाव नलिनुहोस् । व्यापार तथा जागिरको अवस्था सामान्य रहनेछ । आज पहेंलो फलफूल दान गर्दा सकारात्मक फल प्राप्त हुने विश्वास गरिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मेहनतअनुसार आम्दानी बढ्ने र आर्थिक स्थिति बलियो बन्ने संकेत छ । आफ्नो परिश्रमबाट नयाँ आम्दानीको स्रोतसमेत जोडिन सक्छ । सामाजिक क्षेत्रमा प्रभाव र सक्रियता बढ्नेछ । परिवारका सदस्यबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ । श्रमजीवी तथा मेहनतकस व्यक्तिलाई भोजन गराउनु शुभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बौद्धिक क्षमता र सिर्जनशीलताले आज राम्रो परिणाम दिनेछ । नयाँ सीप तथा ज्ञान हासिल गर्ने अवसर प्राप्त हुन सक्छ । परिवारसँग सम्बन्धित केही विषयले मनमा चिन्ता बढाउन सक्छन् । परिस्थितिलाई शान्त भएर सामना गर्दै अघि बढ्नु राम्रो हुनेछ । आज कालो तिल दान गर्नु शुभ मानिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन उत्साहजनक र सकारात्मक रहनेछ । आर्थिक अवस्थामा सुधार आउने सम्भावना छ । परिवार तथा प्रेम सम्बन्धमा न्यानोपन र समझदारी बढ्नेछ । सामाजिक तथा सेवामूलक गतिविधिमा सहभागी हुने अवसर मिल्न सक्छ । भगवान् विष्णुको ध्यान तथा स्मरण गर्दै दिनको सुरुवात गर्नु शुभ फलदायी हुनेछ ।




