सिराहा । सिराहाको मिर्चैया नगरपालिका १२ सिक्रोनबाट प्रहरीले ब्राउनसुगर जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका १२ सिक्रोनका २४ वर्षीय दिपक सहनी समेत चार जना रहेका छन् ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार राति ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय ६० मिलिग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




