सिराहा । सिराहाको गोलबजार नगरपालिका १२ बेतौनाबाट प्रहरीले ९७ ग्राम ५३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय भुनेश्वर मण्डल, २६ वर्षीय वीरेन्द्रकुमार सिंह, २० वर्षीय अरविन्दकुमार सिंह र ३३ वर्षीय रितेश यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट लागूऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद भएको छ । प्रहरीले बरामद पदार्थ खैरो हेरोइनजस्तो देखिने जनाएको छ । पक्राउ परेका चारै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




