पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको भारतीय मदिरासहित कार नियन्त्रणमा लिएको छ । पाल्हीनन्दन गाउँपालिका १ महेशपुरस्थित सीमा क्षेत्रबाट प्रहरीले यूपी ३२ यूटी ५६८९ नम्बरको कारमा ल्याउँदै गरेको ओल्ड मंक रमका २७४ पिस बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद मदिराको अनुमानित मूल्य ४८ हजार रुपैयाँ र कारको मूल्य ३५ लाख रुपैयाँ रहेको छ । कारसहित बरामद सामाग्रीको कुल अनुमानित मूल्य ३५ लाख ४८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
मदिरासहित दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक सुभराज बमले जानकारी दिए ।




