सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ९ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३ हजार ५१४ ट्याबलेटसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती नगरपालिका १० सोल्टी बजारका ४४ वर्षीय प्रदीप महतो र रौतहट घर भएका २८ वर्षीय सुरज थापा रहेका छन् ।
इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले बरहथवाबाट नयाँ रोडतर्फ आउँदै गरेको ‘अन टेस्ट’ लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




