बारा । बाराको देवताल गाउँपालिका ३ का वडाध्यक्ष रामकिशोर कुशवाहाको उपचारका क्रममा निधन भएको छ । केही दिनअघि मस्तिष्कघात (ब्रेन हेमरेज) भएपछि वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएका कुशवाहाको उपचारकै क्रममा बुधबार निधन भएको परिवारजनले जनाएको हो ।
देवताल ३ अमवा गाउँका निवासी कुशवाहाको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालमा उपचार भइरहेको थियो । उनको स्वास्थ्यलाभको कामना गर्दै आफन्त, स्थानीयवासी, साथीभाइ तथा शुभेच्छुकहरूले निरन्तर स्वास्थ्यलाभको कामना गर्दै आएका थिए ।
कुशवाहाको निधनसँगै देवताल गाउँपालिका ३ अमवा गाउँसहित समग्र गाउँपालिकामा शोक छाएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा शुभेच्छुकहरूले उहाँको निधन प्रति दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।




