मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ । तपाईंको मेहनतले अपेक्षित परिणाम दिलाउनेछ । व्यवसायमा नयाँ सम्पर्क तथा सहकार्यबाट लाभ लिन सकिनेछ । आर्थिक अवस्थामा सुधार आउने छ, तर अनावश्यक खर्च नियन्त्रण गर्नु उचित हुनेछ ।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज रोकिएका कामहरू क्रमश: अघि बढ्नेछन् । रोजगारी तथा व्यवसायमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । आर्थिक कारोबारमा सावधानी अपनाए लाभ लिन सकिनेछ । परिवारका सदस्यसँग महत्त्वपूर्ण विषयमा छलफल हुन सक्छ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ योजना बनाउनुका साथै पुराना कामलाई व्यवस्थित गर्न आजको दिन अनुकूल रहनेछ । व्यवसायमा नयाँ अवसर प्राप्त हुन सक्छ भने रोजगारीमा जिम्मेवारी थपिन सक्छ । आर्थिक अवस्था सामान्य रहे पनि हतारमा ठूलो लगानी गर्नु उचित हुनेछैन ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज कार्य क्षेत्रमा व्यस्तता बढ्नेछ । धैर्यपूर्वक काम गरे सफलता हात लाग्नेछ । व्यवसायमा पुराना सम्पर्कमार्फत नयाँ अवसर प्राप्त हुन सक्छ । आर्थिक विषयमा सावधानी अपनाउँदा अनावश्यक समस्या टार्न सकिनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज नेतृत्व क्षमता प्रयोग गर्ने अवसर प्राप्त हुनेछ । कार्य क्षेत्रमा तपाईंका विचार र निर्णयलाई महत्त्व दिइनेछ । आर्थिक क्षेत्रमा नयाँ सम्भावना देखिन सक्छ भने व्यवसाय विस्तारका योजना बन्न सक्छन् । प्रेम तथा दाम्पत्य सम्बन्धमा आत्मीयता बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज योजनाबद्ध रूपमा काम गर्दा अपेक्षित परिणाम प्राप्त हुनेछ । जागिर तथा व्यवसायमा नयाँ जिम्मेवारी आउन सक्छ । आर्थिक कारोबार गर्दा कागजात तथा विवरण राम्ररी जाँच गरेर मात्र निर्णय गर्नु उचित हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यावसायिक सम्बन्ध विस्तार हुनेछन् । नयाँ व्यक्तिसँगको भेटघाटले भविष्यमा उपयोगी अवसर दिलाउन सक्छ । आर्थिक लाभको सम्भावना रहेपनि अनावश्यक खर्चबाट जोगिनु राम्रो हुनेछ । पारिवारिक तथा दाम्पत्य जीवनमा मधुरता कायम रहनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चुनौतीपूर्ण काम पूरा गर्ने क्षमता प्राप्त हुनेछ । व्यवसाय तथा रोजगारीमा प्रतिस्पर्धा रहेपनि मेहनतले राम्रो परिणाम दिलाउनेछ । आर्थिक क्षेत्रमा रोकिएको रकम प्राप्त हुने सम्भावना छ । परिवार तथा साथीभाइबाट आवश्यक सहयोग मिल्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज धार्मिक तथा आध्यात्मिक विषयप्रति रुचि बढ्नेछ । कार्य क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त भएपनि त्यसलाई सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ । आर्थिक अवस्थामा सुधार आउनेछ । परिवारमा शुभ समाचार प्राप्त हुन सक्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज महत्त्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ । कार्य क्षेत्रमा तपाईंको मेहनतको उचित मूल्याङ्कन हुनुका साथै प्रतिष्ठा बढ्ने सम्भावना छ । आर्थिक क्षेत्रमा नयाँ अवसर प्राप्त भएपनि जोखिमपूर्ण कारोबारमा हतार नगर्नु उचित हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज सिर्जनात्मक सोचले कार्य क्षेत्रमा राम्रो परिणाम दिलाउनेछ । व्यवसायमा नयाँ योजना सुरु गर्ने अवसर मिल्न सक्छ । आर्थिक लाभको सम्भावना रहेपनि भविष्यको आवश्यकतालाई ध्यानमा राखेर खर्च गर्नु उचित हुनेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज अधुरा काम पूरा गर्ने उत्साह र आत्मविश्वास बढ्नेछ । जागिर तथा व्यवसायमा राम्रो समाचार प्राप्त हुन सक्छ । आर्थिक क्षेत्रमा अपेक्षित लाभ मिल्ने सम्भावना छ । परिवारमा शुभ वातावरण बन्नेछ र प्रियजनसँगको सम्बन्ध अझ आत्मीय हुनेछ ।




