मेष राशि
साताको प्रारम्भमा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ । साताको मध्यमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ । महत्वपूर्ण योजनाहरू गुप्त राख्ने प्रयास गर्नुहोला । साताको अन्तिममा कार्य क्षेत्रमा सहयोगीहरूको साथ पाइनेछ । विपरीत परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ ।
वृष राशि
साताको प्रारम्भमा पारिवारिक समस्याले मन चिन्तित रहनेछ । जग्गा जमिनबाट लाभआर्जन गर्न सकिएला । साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ । शिक्षाको क्षेत्रमा गुरुजनहरूबाट सहयोग पाइनेछ । साताको अन्तिममा समयको सदुपयोग गर्न नसकिएला । सवारी साधन चलाउँदा सावधान रहनुहोला ।
मिथुन राशि
साताको प्रारम्भमा धैर्य र पराक्रमले आँटेका कार्यसम्पादन हुनेछन् । कार्य क्षेत्रमा नयाँ काम हात पर्नेछ । साताको मध्यमा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । व्यावहारिक कारणले गर्दा सोचेको कार्यमा समय लाग्नेछ । साताको अन्तिममा पहिलाका गरेको अनुबन्धबाट लाभ मिल्नेछ ।
कर्कट राशि
साताको प्रारम्भमा आफन्तहरूको मध्य स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आर्थिक पक्ष सफल रहनेछ । साताको मध्यमा भाइबहिनीहरूमा आत्मीयता बढ्नेछ । साहसिक कार्य गर्ने समय रहेको छ । साताको अन्तिममा गरेको कामको उचित प्रतिफल हात नलाग्ला । काम दोहोराएर गर्दा लाभ मिल्नेछ ।
सिंह राशि
साताको प्रारम्भमा मानसम्मानमा वृद्धि हुनेछ । कार्य क्षेत्रमा नयाँ अवसर मिलेता पनि तत्काल लाभ उठाउन नसकिएला । साताको मध्यमा सञ्चित धनमा वृद्धि हुनेछ । काममा सफलता प्राप्त हुनाले अरु कामप्रति थप उत्साह जाग्नेछ । साताको अन्तिममा योजना अनुरूप कार्य गर्नुहोस्, सफलता मिल्नेछ ।
कन्या राशि
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । साताको मध्यमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । चिताएका काम पूरा हुनेछन् । साताको अन्तिममा महत्वाकांक्षाले समस्या निम्ताउला । पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ ।
तुला राशि
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ । कार्य क्षेत्रमा नयाँ योजनाहरू प्रारम्भ हुनेछन् । साताको मध्यमा सामाजिक दायित्वको निर्वहनमा बाधा आउनेछ । नोकरी वा पेशामा शत्रुहरूले खुट्टा तान्ने छन् । साताको अन्तिममा गृहणीहरूको गृहकार्यको साथमा धर्म कर्ममा मन लाग्नेछ ।
वृश्चिक राशि
साताको प्रारम्भमा विवादास्पद कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ । पारिवारिक उल्झनमा समय बित्नेछ । साताको मध्यमा आर्थिक लाभको स्थिति बनिरहेको छ । नयाँ कार्यको थालनीको लागि उपयुक्त समय रहेको छ । साताको अन्तिममा कार्य क्षेत्रमा मान सम्मानमा कमी आउनेछ ।
धनु राशि
साताको प्रारम्भमा आध्यात्मिक ज्ञान तर्फ झुकाव रहनेछ । विद्यार्थीहरूलाई पठनपाठनमा शिक्षकको साथ र सहयोग मिल्नेछ । साताको मध्यमा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । कार्य क्षेत्रमा पदोन्नतिको लागि नयाँ अवसर प्राप्त हुनेछ । शत्रुहरूलाई पनि आफ्नो लगनशीलताले झुकाउन सकिनेछ ।
मकर राशि
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । कार्य क्षेत्रमा बोलिको विपरीत अर्थ लाग्नेछ । राजनीतिक क्षेत्रमा जनसमुदायमा कमी आउनेछ । साताको मध्यमा धार्मिक कार्यमा समय बित्नेछ । आफन्तहरूको राम्रो साथ र सहयोग मिल्नेछ । साताको अन्तिममा कानुनी समस्याहरूमा सफलता प्राप्त गरिनेछ ।
कुम्भ राशि
साताको प्रारम्भमा मान सम्मानमा वृद्धि हुनेछ । आफन्तहरूबाट उपहार पाइएला । धर्म कर्ममा संलग्न भइएला । साताको मध्यमा सोचे अनुरुपको धनमा लाभ हुनेछ । प्रतिष्ठित कार्यले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ । साताको अन्तिममा भौतिक सुख सुविधा जुटाउनको लागि धन खर्च गर्नु पर्ने योग रहेको छ ।
मीन राशि
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट विशेष लाभ प्राप्त हुनेछ । सवारी साधनमा धन खर्चका योग छन् । साताको मध्यमा नोकरी वा पेशामा योग्यताको उचित मूल्यांकन हुनेछ । कार्य क्षेत्रमा नयाँ कार्यको प्रस्ताव मिल्नेछ । साताको अन्तिममा व्यापार व्यवसायमा बोलीले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ ।




