काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ६ लुभुस्थित सानागाउँमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका ४ बोजेपोखरी बस्ने २६ वर्षीय आषिश मगर रहेका छन् ।
प्रहरीका अनुसार शनिबार साँझ बा प्र ०२–०५९ प २९३८ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मगर गम्भीर घाइते भएका थिए ।
घाइते मगरलाई तत्काल उपचारका लागि किस्ट अस्पताल लगिएकोमा उपचारका क्रममा शनिबार राति चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




