रौतहट । रौतहट प्रहरीले सवा ५ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गा भगवती गाउँपालिका १ गंगापिपराका २६ वर्षीय पुजन साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिबार दिउँसो करिब १ बजे यमुनामाई गाउँपालिका ४ सरुअठास्थित झुलुंगे पुलतर्फ जाने सडकमा शंकास्पद अवस्थामा रोकिराखिएको बीआर ३० टी ५०९१ नम्बरको मोटरसाइकल प्रहरीले फेला पारेको थियो ।
अस्थायी प्रहरी पोस्ट बम नहरबाट प्रहरी सहायक निरीक्षक सञ्जीवकुमार साहको कमान्डमा खटिएको टोलीले मोटरसाइकलमा सवार साहलाई चेकजाँच गर्ने क्रममा कालो झोलाभित्र लुकाएर राखिएको गाँजाजस्तो पदार्थ फेला पारेको थियो ।
उक्त पदार्थ तौल गर्दा सवा ५ किलो रहेको प्रहरीले जनाएको छ । प्रहरीले साहलाई गाँजासहित नियन्त्रणमा लिएर मोटरसाइकल समेत बरामद गरेको छ ।
पक्राउ परेका साह, बरामद गाँजा र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवम् डीएसपी बसन्त गौतमले जानकारी दिए ।




