सिराहा । सिरहा नगरपालिका १४ खिरौनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्रामसहित मिर्चैया नगरपालिका ११ गदहवा टोल बस्ने २४ वर्षीय मुकेश कुमार यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले स ६ प ३८०१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




