धनुषा । जनकपुरधाम उपमहानगरपालिका २३ बसपार्क नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ हजार ५ सय ट्याब्लेट, नाइट्राजेपाम ८ सय ५० ट्याब्लेट, डाईजेपाम १ हजार ४ सय ५० एम्पुल र प्रोमेथाजाइन ९ सय ९० एम्पुलसहित महोत्तरी पिपरा गाउँपालिका ५ सहोरबा बस्ने ४३ वर्षीय विजय कुमार साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीलाई देख्ना साथ ज उ म न पा १ ख ०१०८८ नम्बरको अटोमा सवार व्यक्तिहरू भागी फरार भएपश्चात अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक विजय कुमारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




