सिरहा । सिरहाको सुखीपुर नगरपालिका १० स्थित विश्वकर्मा चोक नजिकै गागन खोला पुलबाट सशस्त्र प्रहरीले १ हजार १ सय २.६५ किलो गाँजा बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा बुधबार राति करिब १२:३६ बजे खटिएको २९ जनाको प्रहरी टोलीले २६ बोरा गाँजासहित बा १४ च २९४ नम्बरको फुलबडी बोलेरो र स ६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी टोलीलाई देख्नासाथ गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू सवारी साधन र गाँजा छाडेर फरार भएका थिए । बरामद गाँजा र सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।




