पर्सा । वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ २ किलो ७ सय ग्रामसहित भारत बिहार मोतिहारी पुर्वीचम्पारण थाना तुरकौलिया ग्राम पञ्चायत शंकर सरैया २९ बस्ने ३३ वर्षीय लालटु राउतलाई बिहिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले वी म न पा १ ह १-०३६३ नम्बरको ईरिक्सालाई जाँच गर्दा ई-रिक्सामा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




