सप्तरी । सप्तरीको खडक नगरपालिका ५ बाट नियन्त्रित लागूऔषध डाईजेपाम र फेनारगनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका १३ का २६ वर्षीय सुमन राई र २१ वर्षीय आशिष अधिकारी रहेका छन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो उनीहरूलाई डाईजेपाम १२२ एम्पुल र फेनारगन १२१ एम्पुलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




