मेष राशि
अघिल्लो समयको मेहनत र लगनशीलताको राम्रो प्रतिफल प्राप्त हुने समय छ । व्यवसाय विस्तार, नयाँ योजना तथा लगानीका अवसरले उत्साह बढाउन सक्छन् । पारिवारिक वातावरण सुखद रहनेछ भने आफन्तबाट सहयोग मिल्नेछ । यात्रा, अध्ययन तथा नयाँ विषय सिक्ने काममा सफलता मिल्ने सम्भावना छ ।
वृष राशि
जटिल परिस्थिति आएपनि आत्मविश्वास र धैर्यका साथ अघि बढ्दा सफलता प्राप्त गर्न सकिनेछ । गुरुजन तथा अनुभवी व्यक्तिको सहयोगले महत्वपूर्ण निर्णय लिन सहज हुनेछ । बुद्धि र विवेकको सही प्रयोगबाट फाइदा उठाउन सकिनेछ । लामो समयदेखि अल्झिएका काम क्रमश: समाधान हुँदै जाने संकेत छन् ।
मिथुन राशि
अध्ययन तथा काममा ध्यान केन्द्रित गर्न केही कठिनाइ हुन सक्छ । मौसम परिवर्तनका कारण स्वास्थ्यमा चिसो तथा सामान्य समस्या देखिन सक्छ, त्यसैले खानपान र आराममा ध्यान दिनु राम्रो हुनेछ । पारिवारिक वा प्रेम सम्बन्धमा सामान्य मतभेद हुनसक्ने भए पनि संवाद र समझदारीले समस्या समाधान गर्न सकिनेछ ।
कर्कट राशि
आत्मविश्वास र इच्छाशक्ति बलियो बन्ने भएकाले थालेका काम पूरा गर्न सहज हुनेछ । निरन्तर प्रयासले महत्वपूर्ण उपलब्धि हात पार्न सकिनेछ । सामाजिक क्षेत्रमा सम्मान तथा प्रतिष्ठा बढ्ने सम्भावना छ । परिवारका सदस्य तथा प्रियजनसँगको सम्बन्ध थप आत्मीय बन्नेछ भने प्रेम सम्बन्धमा पनि सकारात्मक वातावरण रहनेछ ।
सिंह राशि
नयाँ अवसरको खोजीमा व्यस्तता र दौडधुप बढ्नेछ । कामको चापसँगै आर्थिक दबाब समेत बढ्न सक्ने भएकाले खर्च व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । पारिवारिक विषयमा अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुनेछ । सामाजिक सम्बन्धमा बोल्दा र निर्णय लिँदा संयम अपनाएमा परिस्थिति आफ्नो पक्षमा बनाउन सकिनेछ ।
कन्या राशि
लामो समयदेखि रोकिएका तथा अधुरा कामहरू पुन: अघि बढ्नेछन् । आम्दानीका नयाँ स्रोत खुल्ने र आर्थिक अवस्थामा सुधार आउने संकेत छन् । काममा गरेको मेहनतले प्रतिष्ठा बढाउनुका साथै नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । व्यवसाय तथा पेसागत क्षेत्रमा महत्वपूर्ण अवसर प्राप्त हुने भएकाले योजनाबद्ध रूपमा अघि बढ्नु लाभदायक हुनेछ ।
तुला राशि
स्वास्थ्यमा सामान्य असहजता देखिनुका साथै अनावश्यक खर्च बढ्न सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक छ । कामको सिलसिलामा जिम्मेवारी अपेक्षाभन्दा बढी थपिन सक्छ । आर्थिक कारोबार गर्दा हतारमा निर्णय नगर्नु राम्रो हुनेछ । आत्मविश्वास र सकारात्मक सोचका साथ अघि बढ्दा सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ ।
वृश्चिक राशि
रोकिएका कामले गति लिने र लामो समयदेखि प्रतीक्षा गरिएका केही काम सम्पन्न हुने सम्भावना छ । साथीभाइ तथा सहकर्मीको सहयोगले कठिन लक्ष्य हासिल गर्न सहज हुनेछ । नयाँ योजना बनाउन र भविष्यका लागि महत्वपूर्ण निर्णय लिन अनुकूल समय देखिन्छ । दीर्घकालीन लाभ तथा प्रगतिका लागि अहिलेको समय उपयोगी रहनेछ ।
धनु राशि
व्यवसाय, रोजगारी तथा दैनिक कामधन्दामा अपेक्षाअनुसार सफलता प्राप्त हुने सम्भावना छ । अचानक कुनै उपलब्धि वा नयाँ अवसर प्राप्त भएर उत्साह बढ्न सक्छ । आर्थिक पक्ष समेत सकारात्मक रहनेछ । महत्वपूर्ण निर्णय लिँदा अनुभवी तथा विश्वासिला व्यक्तिको सुझाव लिएर अघि बढेमा थप लाभ प्राप्त गर्न सकिनेछ ।
मकर राशि
नयाँ ज्ञान हासिल गर्ने तथा यात्रा गर्ने अवसरले भविष्यका लागि उपयोगी अनुभव प्रदान गर्नेछ । मेहनतअनुसार आम्दानी बढ्ने र आर्थिक अवस्थामा सुधार आउने संकेत छन् । नयाँ व्यक्तिसँगको भेटघाटबाट समेत फाइदा लिन सकिनेछ । दाम्पत्य तथा प्रेम सम्बन्धमा आपसी समझदारी बढ्दै जानेछ र पारिवारिक वातावरण सुखद रहनेछ ।
कुम्भ राशि
स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले आफ्नो दिनचर्या, खानपान र आराममा विशेष ध्यान दिनु राम्रो हुनेछ । अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक कारोबारमा सावधानी अपनाउनु आवश्यक छ । अध्ययन, काम तथा व्यक्तिगत सम्बन्धमा धैर्य र निरन्तर प्रयास आवश्यक देखिन्छ ।
मीन राशि
साझेदार, सहकर्मी वा जीवन साथीबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ । आम्दानी बढ्ने तथा आर्थिक रूपमा नयाँ सम्भावना खुल्ने संकेत देखिन्छन् । व्यवसाय वा कामका क्षेत्रमा नयाँ प्रस्ताव र अवसर आउन सक्छन् । प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ भने अध्ययन तथा ज्ञान आर्जनका क्षेत्रमा पनि सकारात्मक प्रगति गर्न सकिनेछ ।




