सर्लाही । सर्लाहीको लालबन्दीस्थित एक किराना पसलबाट १० लाख रुपैयाँ नगद चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका १४ घर भई हाल काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्दै आएका ३६ वर्षीय हिरालाल ब्लोन रहेका छन् ।
लालबन्दी नगरपालिका ७ स्थित पसलमा राखिएको नगद चोरी गरी फरार भएका ब्लोन काठमाडौंमा लुकिछिपी बसिरहेको विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका ब्लोनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, सर्लाही पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




