सिरहा । सिरहामा प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका २१ पिपरा टोलमा गरिएको नियमित चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
लकडिगोठबाट माडरतर्फ जाँदै गरेको स ८ प ६२९६ नम्बरको मोटरसाइकल रोकेर प्रहरीले जाँच गर्ने क्रममा चालक सिरहा नगरपालिका १४ का १९ वर्षीय सतिस दासको ज्याकेटबाट १४३.७४० ग्राम खैरो पदार्थ बरामद गरेको जनाएको छ ।
सोही मोटरसाइकलमा सवार करिब ३५ वर्षीय आईसोत मण्डललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको साथबाट दुई थान मोबाइल फोन तथा प्रयोग गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद सामाग्रीसहित जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बरामद पदार्थ ब्राउन सुगर नै हो वा होइन भन्नेबारे परीक्षण तथा अनुसन्धानपछि थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।




