बारा । बाराको पचरौता नगरपालिका ६ बाट अवैध लागूऔषध गाँजा करिब ५५ किलोग्रामसहित सोही नगरपालिका ३ रामनगर टोल बस्ने ४५ वर्षीय राजकिशोर प्रसाद यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




