सिरहा । सिरहाको लहान नगरपालिका २३ स्थित बलान नदीमा नुहाउने क्रममा एक बालकको मृत्यु भएको छ भने अर्का बालक बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार आज दिउँसो करिब २ बजे नदीमा नुहाउन गएका गढाकसका जोगिन्दर महतोका १२ वर्षीय छोरा राजु महतो मृत अवस्थामा फेला परेका हुन् । सोही स्थानका राम उदगार महतोका नौ वर्षीय छोरा अभिनन्दन महतो भने बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक प्रदीप विष्णु बस्यालले बेपत्ता बालकको खोजी कार्य जारी रहेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




