मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भ लाभदायी रहनेछ । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । साताको मध्यमा चिताएको कार्य समयमा सम्पादन गर्न सकिनेछ । कार्य क्षेत्रमा लगनशीलताको परिचय दिनुहोस् । साताको अन्तिममा स्वास्थ्यलाई लिएर चिन्ता मुक्त रहनुहुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा सामाजिक मान प्रतिष्ठा बढ्नेछ । कार्य क्षेत्रमा नयाँ कार्य हात लाग्ला । साताको मध्यमा पुरानो कुरालाई लिएर घर परिवारमा मनमुटाव हुन सक्ला । बोलीले गर्दा बनिरहेको काममा बाधा आउनेछ । सन्तानको प्रगतिको चिन्ता रहनेछ । साताको अन्तिममा नयाँ कार्य थालनीको लागि उपयुक्त समय रहेको छ । कार्य क्षेत्रमा मेहनतको उचित मूल्यांकन मिल्नेछ । धैर्य र पराक्रममा वृद्धि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा परिस्थितिले गर्दा अध्ययनमा बाधा आउनेछ । बोलीको प्रभावले कार्य क्षेत्रमा विपरीत परिस्थितिलाई पनि ठीक गर्न सकिनेछ । साताको मध्यमा आत्मविश्वासमा वृद्धि हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर हुन सक्नुहुनेछ । साताको अन्तिममा नोकरी वा पेशामा चुनौतीपूर्ण कार्यको वहन गर्नुपर्ला । आयस्रोत बढ्नुका साथै खर्चमा वृद्धि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा सन्तान पक्षबाट शुभ सूचना मिल्ला । कार्य क्षेत्रमा प्रभाव बढ्नेछ । साताको मध्यमा प्रेतयोगी परीक्षामा सफलता मिल्नेछ । राज्य पक्षबाट सहयोग मिल्नेछ । साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ । जीवनसाथीसँग मनोरञ्जनात्मक समय बित्नेछ । विद्यार्थीहरूलाई कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा मानसिक परेशानी रहनेछ । शत्रुहरू हावी हुनेछन् । साताको मध्यमा धर्म कर्ममा रुचि बढ्नेछ । गृहणीहरूको सौन्दर्य सामानमा धन खर्च हुनेछ । सामाजिक दायित्व निर्वाहन सफलतापूर्वक गर्नाले प्रतिष्ठित व्यक्तिहरूबाट प्रशंसा पाइनेछ । साताको अन्तिममा सञ्चित धनमा वृद्धि हुनुका साथै आयस्रोत बढाउनको लागि नयाँ अवसरहरू मिल्नेछन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा कला व साहित्यको क्षेत्रमा सफलता मिल्नेछ । सुन्दर पहिरनले व्यक्तित्व निखारिनेछ । साताको मध्यमा मेहनत गर्दा रोकिएका कार्य सम्पादन हुनेछन् । आँटेको कार्य पूर्ण गर्नमा सफलता पाइनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा मित्रहरूको सहयोग मिल्नेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोस् । निकटजनहरूसँग असमझदारी बढ्नेछ, सावधान रहनुहोस् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ । आयआर्जनका स्रोतहरु बढ्नेछन् । साताको मध्यमा समाजका प्रतिष्ठित व्यक्तिको सलाहलाई वेवस्था नगरौं । अरुमाथि आँखा बन्द गरेर विश्वास नगर्नुहोला । साताको अन्तिममा शेयर बजारबाट मनग्य लाभ मिल्ला । दामपत्य जीवन सुमधुर रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा पुरानो कुरालाई लिएर परिवारसँग मनमुटाव रहनेछ । स्वास्थ्यलाई लिएर सचेत रहनुहोस् । चिताएका कार्यसम्पादन हुन गाह्रो हुनेछ । साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ । समस्या दर्शाउँदा सहयोगी जनहरूले साथ दिनेछन् । साताको अन्तिममा श्रम धेरै परेपनि कार्यबाट राम्रो लाभआर्जन गर्न सकिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भमा धार्मिक यात्राका योग छन् । अरुलाई सल्लाह दिनदेखि बच्नुहोस् । साताको मध्यमा नोकरी वा पेशामा पदोन्नतिका योग छन् । जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । घरमा बुजुर्गहरूको स्वास्थ्यको ध्यान राख्नुहोला । साताको अन्तिममा लगनशीलताले अप्ठ्यारो काम समयमा सम्पादन गर्न सकिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा मन आध्यात्मतर्फ लाग्नेछ । आफ्नो बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ । साताको मध्यमा मनमा सोचेका कार्य पूरा हुनेछन् । आत्मविश्वासमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साताको अन्तिममा धर्म कर्ममा रुचि बढ्नेछ । विद्यार्थीहरूलाई शिक्षामा शिक्षकहरूको सहयोग मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भ उत्तम रहनेछ । सञ्चित धनमा वृद्धीको साथै नयाँ कार्य हात लागिपर्ला । कार्य क्षेत्रमा शत्रुहरू परास्त हुनेछन् । साताको मध्यमा व्यापार व्यवसायबाट लाभ रहनेछ । विद्यार्थीहरूलाई अध्ययनमा साथीवर्गको सहयोग प्राप्त हुनेछ । साताको अन्तिमा अनावश्यक धन खर्चका योग बनिरहेक छन् । आर्थिक कारोबारमा सल्लाह लिएर नयाँ निर्णय लिनुपर्ने हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भमा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ । नयाँ नोकरी हात लाग्नेछ । साताको मध्यमा दाम्पत्य जीवनमा जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन् । साताको अन्तिममा सकारात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ । कानुन विपरीत कार्य नगर्नुहोला ।




