जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १७ तेतरिया पुलमा गएराति दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ओमप्रकाश खनालका अनुसार एउटा मोटरसाइकलका चालक १८ वर्षीय सुजित यादवको मृत्यु भएको हो । यस्तै एक जनाको अवस्था गम्भीर रहेको छ ।
यादवले चलाएको मोटरसाइकलमा सवार बलराम यादव, अर्को मोटरसाइकलका चालक कमला नगरपालिका ७ का २० वर्षीय रामपुकार यादव र त्यसमा सवार सोही स्थानका अखिलेश यादव घाइते भएका हुन् ।
अखिलेशको अवस्था गम्भीर छ । निजको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।




