पर्सा । वीरगन्ज महानगरपालिका २५ सिर्सियाबाट आइतबार राति प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा भारतको मोतिहारी, मिश्र कोलोनी डंकन रोड ७ निवासी २८ वर्षीय रितेश कुमारको साथबाट ५ ग्राम ६९ मिलिग्राम ब्राउनसुगर फेला परेको हो ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ड्राईपोर्टबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । मोटरसाइकल, लागुऔषध र पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय छपकैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।




