काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार ९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने २ हजार १६१ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या २९ हजार ४७९ रहेको छ । २५६ जना क्वारेन्टाइनमा छन् ।
पछिल्लाे अपडेटसँगै काेराेना संक्रमितकाे कुल संख्या ७ लाख ७३ हजार ५२९ पुगेकाे छ । जसमध्ये ७ लाख ३३ हजार १६१ जना निकाे भइसकेका छन् भने १० हजार ८८९ जनाकाे मृत्यु भइसकेकाे छ ।




