काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या १० हजार ९०३ पुगेको छ ।
यस्तै आज (बिहीबार) थप १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । ८ हजार ८९८ पीसीआर परीक्षणमा १०५८ र ३०४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी १२७१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १८४५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या संख्या २८ हजार ६७८ रहेकाे छ । जसमध्ये जसमध्ये २६ हजार ८८६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५८ जना आईसीयू र १३९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
पछिल्लाे अपडेटसँगै काेराेना संक्रमितकाे कुल संख्या ७ लाख ७४ हजार ५८७ पुगेकाे छ । संक्रमितमध्ये ७ लाख ३५ हजार ६ जना निकाे भइसकेका छन् ।
आज काठमाडौंमा ३२९, ललितपुरमा ६७ र भक्तपुरमा ३७ संक्रमित थपिएकाे मन्त्रालयले जनाएकाे छ ।




