काठमाडाैं । सरकारले चालु आर्थिक २०७८/७९ वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हाे ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । सरकारले कोरोना महामारीका कारण रोजगारी गुमाएका तथा आयआर्जन गुमाएका गरीब तथा विपन्न परिवारलाई सरकारले १० हजार नगद अनुदान समेत दिने घाेषणा गरेकाे छ ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै यस्तो घोषणा गरेका हुन् । यस्तै क्यान्सर, मिर्गाैला र मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने पनि घाेषणा गरिएकाे छ ।
हेर्नुस् अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट






