काठमाडाैं । नेपालमा पछिल्लाे समय काेराेना संक्रमित संख्या घट्दै गएकाे छ । पछिल्लाे २६ घण्टामा एक हजारभन्दा कम संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९९४ संक्रमित थपिएका छन् ।
६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो । याेसँगै काेराेना संक्रमितकाे कुल संख्या ७ लाख ७६ हजार ३२५ पुगेकाे छ ।
यस्तै आज एक हजार ३६८ जना संक्रमित निकाे भएका छन् भने संक्रमणबाट थप १२ जनाकाे मृत्यु भएकाे छ । सक्रिय संक्रमित संख्या २७ हजार ३५५ रहेकाे छ । पछिल्लाे अपडेटसँगै काेराेनामुक्त हुनेकाे संख्या ७ लाख ३८ हजार ३४ पुगेकाे छ भने १० हजार ९३६ जनाकाे मृत्यु भइसकेकाे छ ।
आज आइसीयुमा ४५६ जनाको उपचार भइरहेको छ भने भेन्टिलेटरमा १२२ जना छन् ।






