सर्लाही । सर्लाहीमा पछिल्लो समय ट्राफिक प्रहरीको ज्यादती शुरु भएको छ । भरखरै सरुवा भएर आएका ट्राफिक प्रहरी प्रमुखहरुले आफु खुसी सवारी पार्किङ्ग गर्न लगाउने र जहाँ पनि सवारी पार्किङ गर्दा आफ्नो स्थायी संरचनामा व्यापार व्यवसाय गरि रहेका स्थानिय व्यापारी व्यवसायीहरु मारमा परेका छन् ।
अटो रिक्सा, मयुरी, सिटी रिक्सा र म्याजीकहरुलाई ट्राफिक प्रहरीले आफ्नो खुसीले जहाँ पनि पार्किङ्ग गर्न लगाउने, आफुहरुलाई समस्या हुन्छ भन्दा समस्या हुने भए सटर बन्द गर्नु भन्दै दादागिरी शैलीमा अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीका प्रमुख सई उमेश महतो प्रस्तुत हुनु भएको स्थानिय व्यापारी विष्णु खड्काले बताउनु भयो ।
मुख्य सडकको छेउमै सवारी पार्किङ गर्न लगाउने र यातायात व्यवसायीहरुले आफ्नो स्थायी संरचनामा रहेको व्यापार व्यवसाय माथि असर पर्ने गरी सवारी पार्किङ गर्दा मौन बस्ने, सई महतोको उपस्थितिमा नै यातायात व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय माथि ढुंगा मुढा प्रहार गर्ने र ट्राफिक प्रहरी सई महतोले सवारी पार्किङ्ग स्थल नै नभएको र मुख्य चोक मै सवारी पार्किङ्ग गर्न लगाउने गरेका कारण लालबन्दी क्षेत्रमा सवारी दुर्घटना बढ्नुको साथै मानविय दुर्घटना हुने भन्दै स्थानिय व्यापारी एवम् व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।
साथै आफुहरुले ट्राफिक प्रहरीको अगाडी नै यातायात व्यवसायीहरुबाट आफुहरु माथि आक्रमणको प्रयास भयो । आफ्नो व्यापार व्यवसाय माथि ढुंगा मुढा भयो भनी केही मिडियाहरुलाई जानकारी गराउँदा आफुहरु माथि ट्राफिक प्रहरी सई महतो आक्रामक रुपमा प्रस्तुत हुनु भएको व्यापारी, व्यवसायीहरुको गुनासो छ ।
उनिहरुका अनुसार ट्राफिक प्रहरी सई महतोले ती विषयहरु र सिसिटिभि फुटेज पत्रकारलाई किन देखाएको भन्दै आक्रोश व्यक्त गर्नु भयो । यता, तपाईको उपस्थितिमा यातायात व्यवसायीहरुले स्थायी संरचना भएका व्यापारी, व्यवसायीहरु माथि आक्रमणको प्रयास गर्नु भएछ ? मुख्य सडक र चोकैमा तपाईले सवारी पार्किङ्ग गर्न लगाउनु भएछ ? दुर्घटना पनि बढ्लान नी भनी जिज्ञासा राख्दा ट्राफिम प्रहरी सई महतोले आफु इनिस्पेक्टर हुने लाईनको मानिस रहेको र आफुलाई लालबन्दीमा १ दिन पनि बस्नु नरहेको बताउनु भयो ।
उहाँले मलाई लालबन्दीमा १ दिन पनि बस्नु छैन । म प्रहरी निरिक्षकको लाइनको मानिस हुँ तपाईहरुले के देख्नु हुन्छ त्यहि गर्नुस्,लेख्नुस । मलाई केही फरक पर्दैन किनकी म प्रदेशको एसपी सावले पठाएर आएको हो । तपाईहरुलाई लागेको होला जिल्लाबाट इनिस्पेक्टरले पठाएरको हो तर्सीन्छ भन्ने तर त्यो झुट हो कोही आउन नमानि रहेको अवस्थामा एसपी सावले जा जेमन लाग्छ त्यहि गर भनेर पठाउनु भएको हो । मलाई तपाईहरुको डर छैन । प्रहरी सई महतोले बताउनु भयो ।
विगत लामो समय देखिको सवारी पार्किङ्गको समस्या लालबन्दी क्षेत्रमा रहँदै आएको छ भने पुर्व पश्चीम लोकमार्गको छेउमै सवारी पार्किङ्ग गर्नुपर्ने बाध्यता पनि रहेको छ । जसका कारण मानविय दुर्घटना तथा सवारी दुर्घटनाहरु बढी रहेका छन् । लालबन्दी नगर क्षेत्रमा उचित पार्किङ्गको व्यवस्था नहुँदा यातायाता व्यवासायीहरु पनि मारमा परको छन् भने पैदलयात्रीहरु पनि मारमा परेका छन् ।






