काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १ हजार ४७६ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ३४ जना र ११ देखि २० वर्षका ९४ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका २८८ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक २५५ जना छन् । ४१ देखि ५० वर्षका १७६, ५१ देखि ६० वर्षका ११५ जना, ६१ देखि ७० का ८० जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ४० जना, ८० देखि माथिका १४ जना र उमेर नखुलेका ७ जना रहेका छन् । अहिले देशभर ३४७ जना आईसीयूमा र १०५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




