काठमाडाैं । काठमाडौंको कपनमा ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालककाे शव ललितपुरमा फेला परेकाे छ ।
१० वर्षीय उज्जवल विक मंगलबार कपनकाे ढलमा खसेर बेपत्ता भएका थिए । ढलमा बेपत्ता भएकाे पाँच दिनपछि उनकाे शव ललितपुरको बागमती गाउँपालिका – १ घुसेलस्थित बागमती नदी किनारमा फेला परेकाे प्रहरीले जनाएकाे छ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शनिबार साँझ स्थानीयले शव बागमती नदी किनारमा देखेका थिए । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार ती बालकले कपन मावि लेखेको लुगा लगाएको भेटिएको छ ।
फोटो हेरेर परिवारले सखानत गरिसकेका छन् । चापागाउँमा बस्ने उनको माइजु नाता पर्ने महिला शव फेला परेको स्थानमा आउँदै छिन् ।
शवको पोष्टमार्टम गर्न ललितपुरस्थित पाटन अस्पतालमा ल्याइँदैछ ।




