काठमाडौं । पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार आज (आइतबार) ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना निको भएका छन् । पछिल्लाे अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ । अहिलेसम्म ११ हजार ९६ संक्रमितले ज्यान गुमाइसकेका छन् भने ७ लाख ६१ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ जना रहेका छन् । ३६८ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
आज सबैभन्दा धेरै काठमाडौं २३२, कास्कीमा ८४, झापामा ७८, मोरङमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै रुपन्देहीमा ३१, सुनसरी र ललितपुरमा २४/२४ जना, भक्तपुरमा २३, चितवनमा २२, कैलालीमा १४ र इलाममा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।




