काठमाडाैं । बर्दियामा चितुवालले एकै पटक २१ वटा खसी-बाख्रा मारिदिएकाे छ । गुलरिया नगरपालिका वडा नं. ५ को सन्तोषी टोलका चन्द्रकान्त पौडेलको कृषि पशुपंक्षी तथा बाख्रा फार्मभित्र गएराति चितुवा पसेर खसी-बाख्रा मारेकाे हाे ।
चितुवाले खाेरभित्र पसेर सात वटा खसी, एउटा राजस्थानी बोका, सात वटा माउ बाख्रा र अन्य पाठापाठी मारेकाे हाे । थप एउटा खसी भने फेला परेका छैन । अर्को एउटा एक महिनाको पाठी भने ज्युँदो अवस्थामा फेला परेको छ । उक्त पाठीको पनि पछाडिको भागमा चितुवाले चिथोरेको देखिएको छ । सबैलाई घाँटी फोडेर मारेपछि रगत खाएर छोडेको अवस्था देखिएको छ ।
पहिला घरमै पाल्दै आएका पौडेलले एक महिना अगाडि मात्रै बाख्रा त्यो खोरमा सारेका थिए । गएराति ९ बजेतिर सबै हेरचाह गरी त्यहाँ ताल्चा लगाएर घर गएका उनीहरू बिहान पाँच बजे खाेरमा जाँदा सबै खसी बाख्रा मरेकाे देखेका थिए ।




