काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २८२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षण गर्दा ९७५ र एन्टिजेन परीक्षण गर्दा ३०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै आज (सोमबार) १ हजार २६२ संक्रमित निकाे भएका छन् भने थप ७ संक्रमितकाे मृत्यु भएकाे छ । यस्तै सक्रिय संक्रमित संख्या १८ हजार ८४८ रहेकाे छ । आइसाेलेसनमा १२५ जना रहेका छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ । नेपाल मृत्यु हुनेको संख्या ११ हजार १०१ पुगेको छ भने ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् ।




