काठमाडौं । पछिल्लाे २४ घण्टामा थप १२ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १,१५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
यस्तै आज (मंगलबार) १ हजार ३१८ जना निको भएका छन् । पछिल्लाे अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ । संक्रमितमध्ये ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ जना रहेका छन् । जसमध्ये १७ हजार १२५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २९७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६४ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।






